समाचार

वैशाख १५ गते उपनिर्वाचन

काठमाडौंः निर्वाचन आयोगले आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम–२ तथा प्रदेश...

पुरा पढ्नुहोस
अध्यक्षमा शशिराम विश्वकर्मा

दैलेख : यहाँको नौमूले गाउँपालिका –१ मा रहेको भैरव माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा शशिराम विश्वकर्मा निर्वाचित भएका छन् । नेपाली काँग्रेस, माओवादी र समाजवादी पार्टीको तीन दलीय वाम लोकतान्त्रिक गठबन्धनका उम्मेददारलाई पराजित गर्दै...

पुरा पढ्नुहोस
युवा परिषद् गठन गर्ने भगवतीमाई पहिलो

दैलेखः कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये स्थानीय युवा परिषद् गठन गर्ने दैलेखको भगवतीमाई गाउँपालिकाले पहिलो बनेको छ । भवगतीमाईले कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये स्थानीय युवा परिषद् गठन गर्ने पहिलो स्थानीय तह बनेको हो...

पुरा पढ्नुहोस
आठ वर्षसम्म बनेन पुल

जाजरकोटः नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ भेरी नदीमा पुल निर्माण गर्ने आठ वर्षदेखिको योजना अलपत्र परेको छ । निर्माण कम्पनी मृत सञ्जीवनी÷ग्याल्बा जेभीले १० करोड ३० लाख ४१ हजारमा ठेक्का लिएर पुल निर्माणको...

पुरा पढ्नुहोस
कर्णाली करिडोरमा जोडिदै सिमकोट

हुम्लाः कर्णाली करिडोर सडक हुम्लाको सिमकोटसँग जोडिन अब ८ सय मिटरमात्रै बाँकी छ । दुल्ली कुनादेखि लालीबगर सम्मको ८ किलोमिटर सडक निर्माण कार्यलाई नेपाली सेनाले तीब्रता दिएर काम पूरा गरी छारेदेखि ल्याप्चेसम्मको करिव ८...

पुरा पढ्नुहोस
बालकुमारी घटना प्रतिवेदन संसदमा टेबुल गर्न माग

काठमाडौँः प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले...

पुरा पढ्नुहोस
चौबीस हजार बढिलाई दादुरा–रुवेला खोप

दैलेखः दैलेखका ११ वटा स्थानीय तहका चौबीस हजार बढी बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने भएको छ । बालबालिकामा हुने जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले यहाँका चौबीस हजार ५ सय ८१ बालबालिकालाई दादुरा–रुवेला...

पुरा पढ्नुहोस
सुशासनमा ठाँटीकाँध कमजोर

दैलेखः जिल्लाको ठाँटीकाँध गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कमजोर देखिएको छ । जिल्ला समन्वय समितिको कार्यालय दैलेखले सार्वजनिक गरेको सुशासन जोखिम मूल्याङ्कन विवरण अनुसार ठाँटीकाँध गाउँपालिकाले सुशासन जोखिम मूल्याङ्कनमा ५३ अङ्क प्राप्त...

पुरा पढ्नुहोस
घरदैलोमा योजना सम्झौता

दैलेखः दैलेखको डुंगेश्वर गाउँपालिकाले घरदैलोमा योजना सम्झौता अभियान अघि बढाएको छ । गाउँपालिकाले यही फागुन ८ गते गरेको निर्णय अनुसार घुम्ती शिविर मार्फत घरदैलोमा योजना सम्झौता अभियान अघि बढाउने भएको हो । गाउँपालिकाबाट सेवा...

पुरा पढ्नुहोस
सरसफाइकर्मीलाई सम्मान

दैलेखः नारायण नगरपालिका कार्यरत सरसरफाई कर्मचारीहरूलाई सम्मान गरिएको छ । कर्मचारीहरूलाई एक कार्यक्रम बिच नगद सहित सम्मान गरिएको हो । ज्येष्ठ नागरिक संघका संस्थापक समाजसेवी इन्दिरा थापाले फोहोर सङ्कलन र व्यवस्थापनको काम गर्दै आएका...

पुरा पढ्नुहोस